अझै निर्वाचन लड्ने जिल्ला खोज्दै रवी लामिछाने !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने अझै निर्वाचन कहाँबाट लड्ने भन्ने दोधारमा देखिएका छन् । यसअघि काठमाडौं, चितवन या काभ्रेसहित अन्य जिल्लाबाट समेत चुनाव लड्ने चर्चा चले पनि अझै कहाँबाट लड्ने भन्ने पक्का भने भएको छैन ।
उनी चितवन क्षेत्र नं २ बाट चुनाव लड्ने तयारी गरिरहेको र आज मनोनयन दर्ताका लागि चितवन पुगेको भन्ने सामाजिक सञ्जालदेखि सञ्चार माध्ययममा चर्चा चल्न थालेको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले भने अझै कहाँबाट चुनाव लड्ने भन्ने पक्कापक्की नभएको लोकपथलाई जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्म कहाँबाट लड्ने भन्ने पक्का भएको छैन । ’ आज मनोनयन, अझैसम्म निर्वाचन क्षेत्र फिक्स नभएको कि जिल्ला नै रु भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘अहिलेसम्म जिल्ला नै फिक्स भएको छैन । केही बेरमा थाहा होला ।’
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र चितवन–३ बाट निर्वाचन लड्ने संकेत गरेका थिए । तर प्रचण्ड चितवन छाडेर गोरखा गएसँगै लामिछाने भने निर्वाचन क्षेत्रको खोजिमा लागेका हुन् ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


