गोकर्णश्वर मन्दिरको धार्मिक र ऐतिहासिक महत्व
काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणमा गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । समुद्र सतहबाट १३३६ मिटरको उचाइमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्ण किराँतीहरूको राजधानी रहेको इतिहासकारहरु बताउँछन् ।
गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो । नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर मन्दिर सत्ययुगदेखि नै एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ । शक्तिसङ्गमतन्त्र एवं वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको महात्म्यको वर्णन गरिएकोले गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ । रावणले यही तपस्या गरी त्रैलोक्य विजय गर्ने वर पाएका थिए । यो मन्दिर राजा जयस्थिति मल्लले इ।स। १४२२ मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका थिए तर सो पूर्व कसले कुन समयमा बनाएको हो अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन ।
स्थानीय तहको २०७४ सालमा निर्वाचन भएपछि गोकर्णेश्वर नगरपालिकाले मन्दिरलाई पुनःनिर्माण गर्ने कार्य गरेको छ । अहिले मन्दिरको स्वरुपमा परिवर्तन आएको छ । यो नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा विकास भएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख दीपक रिसालले नगरपालिकाको पहिचानसँग जोडिएको गोकर्णेश्वर मन्दिरको नगरपालिकाले पुनःनिर्माण गरेको बताए ।
यहाँ नेपाली संवत् ७०३ मै गोपीराना भारोले गजुरमा सुवर्ण कलश ध्वजा चढाए भने लिच्छवि राजा मानदेव प्रथमले निर्माण गराएको मानगृह पनि गोकर्णमा नै रहेको, साथै मन्दिरको कलाकौशल, टुँडालमा रहेका कलाकृतिका आधारमा यो मन्दिर लिच्छविकालीन हो भन्ने पुरातत्वविद्हरूको दावी छ । त्यस्तै इतिहासकारहरूले अंशुवर्माको कैलाशकूट भवन विभिन्न ठाउँमा रहेको अड्कल गरेको पाइन्छ । प्रबल मानेश्वर भनेर गोकर्णेश्वर महादेवलाई नै भनिएको र सोही कुरालाई पुष्टि गर्ने अर्को आधार हो अंशुवर्माको संवत् ५३६ को गोकर्ण बालुवा गाउँको अभिलेख हो । कैलाशकूट भवन गोकर्णको आसपास हुनुपर्छ भन्ने कुरा अभिलेखमा प्रयोग भएको अहिन्दूकोट्ट शब्दबाट स्पष्ट सङ्केत प्राप्त भएको देखिन्छ ।
इतिहास विद् प्राडा। पुरुषोत्तमलोचन श्रेष्ठको भनाईका अनुसार गोकर्ण क्षेत्रमा विभिन्न धार्मिक तथा लौकिक वास्तुकलाका नमूनाहरू यत्रतत्र छरिएर रहेका बताएका छन् । उनका अनुसार गोकर्णेश्वर मन्दिरको पश्चिमोत्तर वायण्य कोणमा आठौ शताब्दीको एक पुरानो मूर्ति रहेको एउटा पार्वतीको मन्दिर रहेको छ । त्यसमा पनि प्रसिद्ध गोकर्ण मन्दिरको इशानकोण तर्फ मिश्रति शैलीको श्री ३ जङ्गबहादुरकी आमा रक्षाकुमारीले विस १९११ मा निर्माण गरेको एक महत्वपूर्ण गदाधर नारायण मन्दिर रहेको छ । शास्त्रमा विष्णुपादुकालाई विष्णुले पितृको उद्धार गरेको पवित्र स्थल मानिन्छ । यस मन्दिरमा रहेको विष्णुपादुकामा राखी पिण्डदान ग(यो भने सबैभन्दा ठूलो पुण्य मिल्ने कुरा वराह पुराणमा उल्लेख छ । पितृकृत्यको लागि गदाधरको सानित्य अत्युत्तम मानिन्छ । आफ्नै महत्व रहेको विष्णुपादुका स्थानमा श्राद्ध गर्दा मृतकहरूले स्वर्गमा बास पाउछन् भनी विश्वास गरिन्छ ।
गोकर्णेश्वर मन्दिर आसपास रहेका विष्णुपादुका तीर्थ, त्रिवेणी धाम, पितामहमहातीर्थ, सप्तषिर्तीर्थ, पिङ्गला योगिनी, वाग्मती उत्तरवाहिनी तीर्थस्थल र गोकर्ण वनले महत्वपूर्ण स्थान राख्छन् । गोकर्णेश्वर महादेव मन्दिर पूर्वतर्फ पवित्र उत्तरवाहिनी स्थान रहेको छ । पञ्चमुखी हनुमान र कान्तिभैरव मन्दिरबीच भएर बागद्वारबाट उत्पन्न भई बग्दै आएको पवित्र वाग्मती दक्षिणबाट उत्तरतर्फ फर्केर बगेको हुनाले यस ठाउँलाई उत्तरवाहिनी भनिन्छ । यो उत्तरवाहिनी क्षेत्र धार्मिक, सांस्कृतिक, एवम् ऐतिहासिक, पुरातात्विक महत्वका वास्तुकला र कलाकृतिका नमुनाहरू यत्रतत्र छरिए रहेको पाइन्छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


