बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीका ६ जना माओवादीको चुनाव चिन्हमा लड्दै
काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ ।
माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ । जसमा महीन्द्र राय यादव सर्लाही २ र मानुषी यमि भट्टराई काठमाडौं ७ बाट उम्मेदवार बनेकी छन् ।
यस्तै, माओवादीले प्रदेश सभाको चार सिट पनि उपलब्ध गराएको छ । प्रदेश सभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ ९ख०, फणीन्द्र देवकोटा गोरखा २ ९क०, चिनक कुर्मी नवलपरासी पश्चिम २ ९क० र सुनिल साह सर्लाही २ ९क० बाट उम्मेदवार बनेका छन् । यसपटक बाबुराम भने उम्मेदवार बनेका छैनन् ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

