मतपत्र छपाइः कर्णालीको सकियो, सुदूरपश्चिमको शुरू
काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले करिब ५० लाख थान मतपत्र छपाइ कार्य सकेको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यले दिएको जानकारीअनुसार हालसम्म करिब ५० लाख थान मतपत्र छपाइ पूरा भएको छ ।
केन्द्रले आइतबार दिउँसो कर्णाली प्रदेशका ८ जिल्लाको मतपत्र छपाइ सकेर आइतबार रातीबाट सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ शुरू गरेको जनाएको छ । कार्तिक २० गतेसम्म केन्द्रले साढे ४ करोड मतपत्र छपाइ गर्ने जनाएको छ । निर्वाचन आउन ३४ दिन बाँकी हुँदा केन्द्रले कर्णालीको मतपत्र छाप्न सकेर सुदूरपश्चिमको शुरू गरेको हो ।
प्रत्यक्षतर्फको फरकफरक उम्मेदवारले पाएका चिह्नको आधारमा मतपत्र छपाइ गरिनेछ । सुदूरपश्चिमको छपाइ पूरा गरेपछि आयोगले पठाएको डिजाइनको आधारमा अन्य प्रदेशको मतपत्र छपाइ शुरू गर्ने केन्द्रले जनाएको छ ।
केन्द्रको सुरक्षण मुद्रणालयमा मतपत्र छपाइ भइरहेको छ । मतपत्रको छपाइको अवस्थाबारे जानकारी लिन शनिबार प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तलगायतको टोली केन्द्र पुगेको थियो । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


