निर्वाचनको समयमा हुने घरेलु हिंसाबारे सरकारको ध्यानाकर्षण
धरान । अन्तर–पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । निर्वाचन कार्यालयलाई पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अन्तर–पुस्ता महिलावादी मञ्चका सह–संयोजक सरु जोशी श्रेष्ठले जानकारी दिए ।
हालै एकै दिन मञ्चले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्षण पत्र बुझाएको थियो । निर्वाचनअघि विभिन्न राजनीतिक दलहरुले गर्ने क्रियाकलाप महिलामैत्री नहुने र निर्वाचनपछि विजयी भए पनि नारा जुलुस गर्ने पार्टी खाने तथा महिलामाथि हिंसा गर्ने परिपार्टी विद्यमान रहेकाले यस्ता गतिविधी राज्यले नियन्त्रण गर्नुपर्ने सहसंयोजक श्रेष्ठले बताए ।
निर्वाचनको सम्बन्ध घरेलु हिंसासँग जोडिएको कुरा नयाँ भएको बताउदै आयोगका प्रमुख दिनेश थपोलियाले आयोगको ध्यानाकर्षण भएको बताएका छन् । यस विषयलाई सुरक्षा बैठकहरुमा विषय प्रवेश गराउने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएको मञ्जकी सदस्य गीता डगोंलले जानकारी दिए ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


