मिथिलाञ्चलमा आजदेखि छठ पर्व सुरु
जानकारी केन्द्र
२०७९, कार्तिक, ११
काडमान्डौ । मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छ। चार दिनसम्म मनाउने छठको पहिलो दिन आज जीउ शुद्ध गर्न नुहाउने दिन हो जसलाई ‘नहाय खाए’ भनिन्छ।
जनकपुरधामसहित तराई मधेसमा छठका व्रतालुहरु नुहाएर ‘अरबा अरबाइन’ खान्छन्। मरुवा, मसोरोको दाल लगायत प्याज लसुन शुक्रबारदेखि पर्व सम्पन्न नभएसम्म त्याग गर्नुपर्छ।
छठका लागि घाटको सरसजावट अन्तिम चरणमा पुगेको छ। स्थानीयहरू पोखरी, नदी, कुवा लगायतका स्थानलाई झकिझकाउ बनाउँदैछन् । त्यस्तै छठको दोस्रो दिन शनिबार दिनभर उपवास बसी राति खिर बनाई देउतालाई चढाएर व्रतालुहरू खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ ।
त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रूपमा समापन गरिन्छ।
सम्बन्धित समाचार
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

