कांग्रेसले पठायो सर्कुलर
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ । पार्टीका तर्फबाट प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय प्रचारप्रसार समिति तथा सबै उपसमिति अन्तरगतका सदस्यलाई सर्कुलर पठाएका हुन् । सर्कुलरमा सक्रिय ढंगले प्रचार प्रसारमा लागेर पार्टीको पक्षमा जनमत बनाउन आग्रह गरिएको छ ।
उनले कांग्रेसले प्रत्यक्षमा उम्मेदवार उठाएका स्थानमा आफ्ना उम्मेदरवारलाई विजयी गराउन, सहमतिमा गठबन्धन दलसँग तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन तथा समानुपातिकतर्फ कांग्रेसका पक्षमा अत्यधिक मतदान गराउन मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।
साथै नेपाली कांग्रेसको पक्षमा पार्टीले पठाएका प्रचार सामग्रीहरु विद्युतीय तथा अन्य सञ्चार माध्यमहरुबाट व्यापक रुपमा प्रचार प्रसार गर्ने कार्यमा सक्रिय हुन पनि कांग्रेसले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


