यस्ता छन् रवि लामिछानेको पार्टीका वाचा
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको वाचापत्र अध्यक्ष लामिछानेले सार्वजनिक गरेका हुन् ।
‘बेतिथि सहिन्न भ्रष्टाचारी छाडिन्न’ नाराका साथ अघि बढेको पार्टीले ठुला भ्रष्टाचार आशंका गरिएका र देशव्यापी विवाद बहस भएका विषयका फाइलहरु तुरुन्त खोलिने जारी गरेको वाचापत्रमा उल्लेछ गरेको छ ।
हाल बसोबास गरिरहेकै स्थानबाट स्थायी बसोबास रहेको निर्वाचन क्षेत्रका लागि मतदान गर्ने व्यवस्था ‘अनुपस्थित मतदान पद्धती’ लागू गरिने, ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ व्यवस्था अनिवार्य लागू गरिने पार्टीले प्रतिवद्धता गरेको छ ।
यसैगरी, आमाको नामबाट सबै सरकारी सेवाहरु सहजरुपमा प्राप्त गर्ने सकिने, जन्मदर्ता, नागरिकता, लाइसेन्स, भोटर कार्ड, बिमा कार्ड जस्ता कागजात बोक्नुपर्ने बाध्यतालाई समाप्त गर्न सबै सरकारी तथा निजी सेवाहरु प्रदान गर्न एकीकृत राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्ने पनि वाचापत्रमा उल्लेख गरिएको छ।
विद्युतीय सवारीसाधनलाई शुन्य कर, ५ वर्षभित्र जैबिक इन्धनबाट चल्ने सवारी साधनलाई विस्थापन गर्न विद्युतीय सवारीसाधनका लागि शत प्रतिशत कर्जा उपलब्ध गराउने जनाएको छ ।
नेपाली नागरिकले खरिद गर्न नपाउने गरि डिजिटल मुद्रा माइनिङलाई वैधानिक बनाइने पनि प्रतिवद्धता गरिएको छ ।

सम्बन्धित समाचार
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

