• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • १६ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • १९ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • २० घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • २० घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • २३ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
  • २३ घण्टा 

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड
  • २४ घण्टा 

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ४. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ५. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ६. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ८. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ९. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • १०. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

जहाँ अजेन्डा बिक्छ, विकास हार्छ

जानकारी केन्द्र २०७९, कार्तिक, २७

बागलुङ । बागलुङ भकुन्डेका बलबहादुर थापाले झन्डै तीन दशकअघि बुटबलमा गाडी देखेका हुन्। त्यसबखत भारतीय सेनामा भर्ती भएका उनलाई आफ्नो जिल्लामा सडक तथा अन्य पूर्वाधार पुगे पनि त्यसपछि अरू विकास नभएको देख्दा चिन्ता लाग्थ्यो।

३१ वर्षअघि नै बागलुङ सडक सञ्जालसँग जोडिएको हो। त्यसपछि पनि पूर्वाधार निरन्तर थपिएका छन्। तर गतिलो ढंगले विकास हुन सकेको छैन।

राजनीतिक नेतृत्व र यहाँबाट प्रतिनिधित्व गर्नेहरूले विकासका सवालमा अगुवाइ नगर्नु र जिल्लाको विकासमा स्थानीयको सामूहिक भावना नहुनुले पोखरादेखि साढे ७१ किलोमिटर मात्रैको दुरीमा रहेको बागलुङले विकासको लय समात्न सकेको छैन। संघीयता कार्यान्वयनमा आउनुअघि बागलुङ धौलागिरि अञ्चलको सदरमुकाम थियो।

पञ्चायतकालदेखि विकासका संरचना बने पनि आफैंमा प्राकृतिक वैभव रहेको जिल्ला पछि पर्नुमा विकासमा अगुवाइ गर्नेको अभाव नै भएको स्थानीय बताउँछन्। बाटो बनेपछि जिल्लामा आयआर्जन, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा जिल्लाले गतिलो काम गर्न सकेन।

राजनीतिक नेतृत्वले यसलाई ध्यान दिएनन्। युवा पलायनले त बागलुङको विकासमा समस्या सिर्जना गरेको छ। सचेत व्यक्तिहरू जनप्रतिनिधि र अहिलेका उम्मेदवारप्रति गुनासो गर्छन्। बागलुङ नगरपालिका–३ का सुमन श्रेष्ठ भन्छन्, ‘नेताबाट पटकपटक स्थानीयका समस्या समाधान गर्ने र विकास अगाडि बढाउने वचन सुनिन्छ तर उही विषय अर्को निर्वाचनमा अजेन्डा बनेर आउँछ। जनता निराश बनिरहेका छन्। विगतदेखि यहाँबाट जितेर जानेले केही नगर्दा यस्तो हालत भएको हो।’

चित्रबहादुर केसीले यो क्षेत्रबाट धेरैपटक संसद्को प्रतिनिधित्व गरिसकेका छन्। विकासका मुद्दामा उनले अगुवाइ गर्न नसकेको यहाँका बासिन्दाको गुनासो छ। केसीले २०५६, २०६४ र २०७० सालमा यहाँबाट निर्वाचन जितेका थिए। दुईवटा निर्वाचन क्षेत्र रहेको यहाँको अर्को क्षेत्रबाट माओवादीका देवेन्द्र पौडेल दुईपटकसम्म सांसद बनिसकेका छन्। यी दुवै अहिले फरकफरक क्षेत्रका उम्मेदवार हुन्।

पटकपटक कम्युनिस्टले जितेको यो क्षेत्रमा स्थानीयको मन जित्न भने उम्मेदवारले नसकेको गुनासो छ। विकासमा जिल्लाले नेतृत्व नपाएको अनुभव यो क्षेत्रका बासिन्दाको छ। ‘राजनीतिक अजेन्डाले जित्यो विकासको अजेन्डाले हार खायो। जिल्ला पछि पर्‍यो,’ नागरिक समाजका प्रतिनिधि काजी गाउँलेले भने।

केसी भने आफैंले यो क्षेत्रमा पूर्वाधारको विकास गरेको दाबी गर्छन्। बागलुङ जिल्लालाई संघीयता कार्यान्वयनका सिलसिलामा जिल्लै टुक्र्याएर रुकुममा मिलाउन खोजिएको र आफ्नो स्पष्ट अडानले रोकिएको उनको दाबी छ। नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

ताजा

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.