भक्तपुर । भक्तपुरमा २ वजेसम्ममा ५० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्र प्रसाद नेउपानेका अनुसार दिउँसोको २ वजेसम्म करिब ५० प्रतिसत मतदान भएको हो । जिल्लामा बिहान ७ वजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
जिल्का ७६ मतदानस्थलका २ सय २२ मतदान केन्द्रमा उत्साहजनक रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी रूद्रादेबी शर्माले बताइन । अन्य जिल्लाको तुलनामा भक्तपुरमा बढी मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।


