पाँचथरमा एमालेका नेम्वाङ निर्वाचित, आङ्देम्बे ४७ मत अन्तरले पराजित
जानकारी केन्द्र
२०७९, मंसिर, ९
पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ । गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो ।
नेम्वाङले आङ्देम्बेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०।मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।
नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेम्बाङले २०७४ सालमा पनि आङ्देम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
जिल्लामा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र मात्र रहेको छ । जिल्लाको प्रदेश सभा ९क० सत्ता गठबन्धनका कमलकुमार जवेगर र ९ख० पनि गठबन्धनकै ईन्द्रबहादुर आङ्बो निर्वाचित हुनुभएको छ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


