समानुपातिक मतगणना : एमालेको पछि पछि कांग्रे:, स्वतन्त्रलाई पछ्याउँदै माओवादी
काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्षस्थानमा छ ।
समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म ९ लाख १२ हजार २ सय ९० मत पाएको छ । नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४ सय ८१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ३९ हजार ५ सय ३८ मतसहित तेस्रो स्थानमा छ ।
त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ४ लाख ८ हजार १ सय २ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ३७ हजार ५ सय २४ मत पाएको छ ।
यो अवधिसम्ममा जनता समाजवादी पार्टीले १ लाख १५ हजार ६ सय ५२ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ६९ हजार ४ सय ९५, नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ८ सय ९, नेकपा (एकीकृत समाजवादीं) ले ६३ हजार १ सय ५९ र नेपाल मजदुर किसान पार्टीले ५६ हजार २ सय ३८ मत पाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ६ सय ६१ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३० हजार २ सय २४ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २२ हजार ७ सय ५४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार ९ सय ४६ मत पाएको छ ।
त्यस्तै नेकपा ९माले० ले १० हजार १५ मत ल्याएको छ । राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


