समानुपतिकमा एमालेको फराकिलो अग्रता, एकीकृत समाजवादीको पनि फड्को
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ । प्रत्यक्षतर्फ १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
यता प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा ९एमाले० ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २३ लाख नजिक रहँदा कांग्रेससँगको अन्तर बढाउँदै करिब १ लाख बनाएको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार एमालेले २२ लाख ९४ हजार ९८७ मत प्राप्त गरेको छ । कांग्रेसले २१ लाख ९७ हजार २३० मत पाएर दोस्रो स्थानमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा ९माओवादी केन्द्र० ले ९ लाख ६२ हजार ८५५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २० हजार ३८२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८५ हजार ६०२, जनता समाजवादी पार्टीले २ लाख ८२ हजार २२८, नेकपा ९एकीकृत समाजवादी० ले २ लाख १९ हजार ५९, जनमत पार्टीले २ लाख १५ हजार ४७२, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९७ हजार ९९४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १७ हजार ११५ मत प्राप्त गरेको छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


