देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको जनाइएको छ ।
निर्वाचनको परिणाम करिब करिब आईसकेको छ । अब कुन दलले कति सिट ल्याउने भन्नेबारे टुँगो लागेकोले दलहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । यसअघि पनि दाहालले देउवासँग बालुवाटारमा पुगेर छलफल गरिसकेका छन् ।
देउवा र दाहाल दुवै नेता यही गठबन्धन कायम राख्न चाहन्छन् । सत्ता गठबन्धनको सामान्य बहुमत आउने पक्का भएपछि उनीहरु नयाँ सरकार गठनको गृहकार्यमा जुटेका हुन् । यद्धपी पहिलो चरणमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति भैसकेको छैन् ।
ठूलो दल भएको कारण पनि पहिलो चरणमा देउवाले नै सरकारको नेतृत्व गर्नुपर्ने आवाज उठेको छ। यसमा दाहाल पनि सहमत छन् । तर, आलोपालो सरकारको नेतृत्व गर्नेबारे अहिले नै सहमति कायम गरिनुपर्नेमा उनले जोड दिएका छन् ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

