प्रधानमन्त्री बन्न रामचन्द्रको दौडधुप, माधव नेपालले दिए सकारात्मक आश्वासन
काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणाम करिब(करिब आइसकेको छ । परिणाम आएसँगै सत्ता गठबन्धनका नेताहरु सरकार गठनको गृहकार्यमा सक्रिय भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो नेतृत्वमा सरकार गठनको लागि पहलकदमी लिएका छन् ।
उनले आज विहानमात्रै नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बनाउनको लागि नेपालसँग प्रस्तावब राखेका थिए । त्यसमा नेपालले सकारात्मक जवाफ दिएको बताईएको छ ।
नेपालले गठबन्धन बनाउनको लागि सबैभन्दा बढि मेहनत गरेको भन्दै अब प्रधानमन्त्रीमा पौडेल नै हकदार भएको बताएका थिए । यसअघि पौडेलले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरिसकेका छन् ।
दाहाल पनि पौडेललाई प्रधानमन्त्री बनाउन सकारात्मक रहेको पौडेलको सचिवालयको दाबी छ । उता, आजै प्रचण्ड र माधव नेपाल दुवै नेताले प्रधानमन्त्री शेरहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । बालुवाटारमा भएको छलफलमा देउवाले दुवै नेतासँग सरकार निर्माणको बारेमा चासो राखेको बुझिएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


