समानुपातिक मतगणना : एमालेले २८ लाख कटायो, एकीकृत समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत
काठमाडौं । यहीँ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फको सबै १६५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले ५७ सिटसहित अग्रता लिएको छ । नेकपा एमालेले ४४ सिटमा जित निकालेर दोस्रो भएको छ ।
यस्तै १८ सिट जितेको माओवादी केन्द्र तेस्रो र १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टी चौथो भएका छन् । यता समानुपातिकतर्फको गणना पनि लभगभ अन्त्यतिर पुगेको छ । जसअनुसार पछिल्लो परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत नघाएर पहिलो पार्टी बनेको छ ।
१ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको हो, अर्थात २६.८६ प्रतिशत मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ अर्थात २५.६५ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० अर्थात ११.११ प्रतिशत मत प्राप्त गरेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ अर्थात १०.७३ प्रतिशत मत पाएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ अर्थात ५.६० प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ अर्थात ४.०२ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ अर्थात ३।७७ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० अर्थात २.८८ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ अर्थात २.५० प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० अर्थात १।६० प्रतिशत मत प्राप्त गरेका छन् ।
अन्य दलले १ लाख भन्दा कम मत ल्याएका छन् । प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ समान १ सिट जितेको राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ पाएका आयोगले जनाएको छ ।
समानुपातिकतर्फ स्याङ्जा क्षेत्र नम्बर २, बाजुरा र दोलखाका मत गणना जारी छन् । समानुपातिकतर्फ मतपरिणाम आइसकेपछि आयोगले दलहरूले पाउने सिट संख्या निर्धारण गर्छ । दलहरूले बन्द सूची बुझाएअनुसार उम्मेदवारहरू सिफारिस गर्न आयोगले दलहरूलाई समय दिने तयारी पनि गरेको छ ।
यसपालिको चुनावका लागि एक करोड ७९ लाख ८ हजार ८ सय ५० मतदाता थिए । करिब एक करोड ९ लाख ७३ हजार २७ मत खसेको बताइएको छ । कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था छ ।
यस अनुसार थ्रेसहोल्ड कटाउने आवश्यक मत नल्याएमा समानुपातिकको ११० सिटको भागवण्डाबाट उक्त पार्टी बाहिरिनेछ । ती दलहरुले पाएको मतलाई सदर मत मानिन्न । अर्थात् ती मत बदर सरह हुन्छन् ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


