Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

कांग्रेस नेताहरु एक अर्काको निवास चाहार्न व्यस्त, मिसन प्रधानमन्त्री

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, मंसिर, २०
कांग्रेस नेताहरु एक अर्काको निवास चाहार्न व्यस्त, मिसन प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेस यो निर्वाचनमा पहिलो दल बनेको छ । निर्वाचनको मतपरिणाम समानुपातिकबाहेक सार्वजनिक भैसकेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये कांग्रेसले ५७ सिट जितेको छ । समानुपातिकमा उसले ३२र३३ सिट पाउने देखिन्छ । संसद्मा पहिलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य थालेको छ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य थालेका छन् । उनले आफूनिकटका नेताहरुलाई गठबन्धनका शीर्ष नेताहरुसँग भेटवार्तामा खटाएका छन् । देउवाको सन्देश बोकेर गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतसँग भेटवार्ता गरिरहेका छन् ।

यसपटक कांग्रेसमा प्रधानमन्त्रीमा आकांक्षा राख्ने नेताहरुको संख्या भने बढेको छ । निर्वाचनअघि नै महामन्त्री गगनकुमार थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा दाबी गरेका थिए । उनले संसदीय दलको नेतामा उठ्ने भनेर सोहीअनुसारको भेटवार्तालाई तिव्रता दिएका छन् ।

उता, पूर्व महामन्त्री शशांक कोइरालाले पनि आफू पनि प्रधानमन्त्रीको दाबेदार भएको सार्वजनिक रुपमै बताइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले त अब आफ्नो पालो भन्दै भेटवार्तालाई तिव्रता दिएका छन् । उनले आफ्नो दलभित्र मात्रै नभई गठबन्धनका सहयात्राी दलका नेताहरुसँग पनि भेटवार्ता गर्न थालेका छन् ।

आजमात्रै शशांकले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गरेका छन् । सो भेटमा देउवाले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव राखेका थिए । तर, कोइरालाले देउवालाई सहयोग गर्नेबारे ठोस जवाफ दिएनन् । उता, पौडेल भने शशांकलाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन् । अहिले कांग्रेसमा ‘मिसन प्रधानमन्त्री’ को लागि नेताहरुले एक अर्काको घर चाहार्ने काम गरिरहेका छन् ।

दलको नेतामा कसले बाजी मार्ने हो ? अहिले नै भन्न नसकिने केही कांग्रेस शीर्ष नेताहरुको दाबी छ । ती नेताहरुका अनुसार पार्टीमा अब पुस्तान्तरण हुनुपर्ने आवाज उठेकोले गगन पनि दलको नेता हुनसक्ने छन् ।

Top Changing Nepal

युट्युब सट्स