राष्ट्रिय स्वतन्त्र पार्टीमा आखिर किन देखियो विवाद ?
जानकारी केन्द्र
२०७९, मंसिर, २३
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फ सांसद सिफारिस गर्ने क्रममा विवाद भएको छ । आज बिहिबार पार्टी कार्यालयमा सांसद सिफारिसको विषयलाई लिएर विवाद भएको हो ।
विवादकै क्रममा नेता तथा कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुका साथै तोडफोड गर्ने चेतावनी दिएका छन् । पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदमा सिफारिस गर्ने तयारी भएपछि विवाद बढेको बताइएको छ ।
अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता जम्मा भएका छन् । रास्वपाले निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो ।
उसले चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ । तथापि समानुपातिकका केही नामवली रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको बताइएको छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


