काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदमा महासचिव भरतराज गौत्तमबीच दुषित जालसाजीपुर्ण मिलेमतो रहेको आरोप लगाएका छन् ।
संघीय संसदका महासचिव गौतमले प्रधान न्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन् । उनी भन्छन्, ‘दुई जनाबीच दुषित जालसाजीपुर्ण मिलेमतो छ । पहिल्यै साठगाठ छ । नत्र कसरी दर्ता हुन्छ रु’
वरिष्ठ अधिवक्ता थापाले जबरालाई निलम्बन फुकुवाको पत्र दिनुलाई राजद्रोहको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘यो राजद्रोह हो र संवैधानिक व्यवस्था खलल पार्ने काम हो ।’ उनको प्रश्न छ, ‘संसदमा निवेदन बोकेर राणाले के गर्न खोजेका रु’