सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि कांग्रेस महामन्त्री शर्माको विरोध, भने- ‘गलत कदम’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संक्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन् । शर्माले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु गलत भएको बताएका हुन् ।
निर्वाचन आयोग समानुपातिक सांसदको अन्तिम सूची सार्वजनिक गर्न लागेको र नवनिर्वाचित संसद्ले काम सुरु गर्न केहि समयमा बाँकी रहँदा सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि कांग्रेस महामन्त्री शर्माले ट्वीटमार्फत विरोध गरेका हुन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको हो । शर्माले प्रधानमन्त्रीलाई मेन्सन गर्दै यो समयमा अध्यादेश जारी गर्नु कानुनी र राजनैतिक प्रश्न मात्र नभई नैतिक प्रश्नपनि जोडिएको उल्लेख गरेका छन् ।
‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य १ त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘१’ महामन्त्री शर्माले आइतबार राति ट्वीटमा भनेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत १ कानुनी र राजनैतिक प्रश्न मात्र होइन, २एः)लभउब)ियो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ १’
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अध्यादेशको विरोध गरेको छ । देउवा सरकार ल्याउने अध्यादेशबाट टीकापुर घटनाका मुख्य दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुट्न सक्छन् । सिके राउत नेतृत्वको जनमत पार्टी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पनि जेलबाट छुटाउन कानुनी आधार बन्नेछ ।
सरकार गठनमा नागरिक उन्मुक्ति र जनमत पार्टी निर्णायक बनेपछि सरकारले उनीहरूका शर्त मान्न अध्यादेश जारी गर्ने निर्णय गरेको अर्का एक मन्त्रीले जानकारी दिए। तर, जिल्ला अदालत कैलाली र पुनरावेदन दीपायलले ०७२ सालमा भएको ‘टीकापुर घटना’ मा रेशमलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएका थिए ।
टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो । नागरिक उन्मुक्ति पार्टीले भने टीकापुर घटनालाई ‘राजनीतिक’ भन्दै रेशमको रिहाइको ‘शर्त’ अघि सार्दै आएको छ ।
नेपाली कांग्रेस
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


