सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्छ : ठाकुर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने – नजाने कुरा समयले निर्धारण गर्ने बताएका छन् ।
कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने गैरसरकारी संस्था जस्तो आफूहरु नभएको बताउँदै उनले प्रधानमन्त्री जो बने पनि आफ्ना माग र मुद्दाबाट पछि नहट्ने समेत बताएका छन् ।
राष्ट्रिय समाचार समिति रासस लाई अन्तर्वार्ता दिंदै अध्यक्ष ठाकुरले भनेका छन्, ‘हामी गैरसरकारी संस्था एनजीओ होइनौं, कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने । दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक संगठन हो । यो सधैं जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ ।’
उनले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन नसकेको भन्दै उनले जेलमा परेकाहरुलाई छुटाउनुपर्ने बताएका छन् ।
‘अहिले पनि थरुहट आन्दोलनकारी जेलमा छन्, तारिख खेपिरहेका छन्,’ उनले भनेका छन्, ‘केही पीडितलाई पार्टीको तर्फबाट राहत दिउँ भनेर गयौं तर उनीहरु मेरो छोरा ल्याइदेऊ, राहत चाहिँदैन भन्छन् । हामीलाई कति पीडा होला भनिसाध्य छैन । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन सकेका छैनन् ।’ जेलमा रहेकालाई छुटाउन पहल गरिरहेको उनले बताए ।
आफूहरुले समावेशीताको नारा उठाउँदा, पहिचानका आधारमा भेदभाव नगर भन्दा उल्टै विखण्डनवादीको आरोप लाग्ने गरेको गुनासो उनले गरे । राष्ट्रपतिबाट नागरिकता सम्बन्धी विधेयक रोकिदिंदा धेरै जना नागरिकता विहीन हुनुपरेको अध्यक्ष ठाकुरले बताए ।
हालैको चुनावी परिणामबारे सोधिएको एक प्रश्नमा उनले कतिपय स्थानमा अप्रत्यासित नतिजा आउन सक्छ भन्ने अनुमान आफूहरुलाई सुरुमै लागेको उल्लेख गरेका छन् । मधेस आन्दोलन र मधेसका मुद्दा उठाए पनि यिनीहरुले गर्न सकेनन् भनेर जनमत पार्टीको पक्षमा मत जाहेर भएको भन्दै उनले जनमत पार्टीले कति काम गर्न सक्छ, त्यो हेर्न बाँकी रहेको बताए ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


