जनमत पार्टीले अस्विकार गर्यो खानेपानी मन्त्रालय, समर्थन फिर्ताको तयारी
काठमाडौं । डा . सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो भागमा परेको खानेपानी मन्त्रालय नलिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज गरेको मन्त्रिपरिषद् विस्तार तथा हेरफेरमा जनमतबाट मन्त्रीमा नियुक्त भएका अब्दुल खानलाई उक्त मन्त्रालयको जिम्मेवारी ताकेका छन् ।
तर, जनमतले भने आफ्नो पार्टीलाई दिने भनेर सहमति गरेबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नदिएकोले अब खानेपानी मन्त्रालय नलिने निर्णय गरेको छ । मन्त्री खानले पनि आफू सो मन्त्रालयमा नजाने बताए । जनमतले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनेगरि छलफल थालेको छ । अहिले उक्त दलको हाई कमाण्डको बैठक जारी रहेको छ ।
उता, जनता समाजवादी पार्टी पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा पुगेको छ । प्रधानमन्त्री दाहालले सम्माजनक मन्त्रालय बाँडफाँड नगरेको भन्दै जसपा असन्तुष्ट छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दललाई अपमान गरिएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
जसपा आजको मन्त्रिपरिषद्को विस्तारमा सरकारमा सहभागी हुने चर्चा थियो । तर, मन्त्रालय भागबण्डा सम्मानजनक नभएको भन्दै जसपा सरकारमा सहभागी भएन । अहिले जसपाको पनि समिक्षात्मक बैठक बसिरहेको छ । जसपालेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

