सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, प्रधानमन्त्री दाहालसँग पनि छलफल गर्ने
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा आफ्नो दलबाट उम्मेदवारी दिने तयारी गरेको छ । तर, यसको लागि उसले अन्य दलहरुसँग पनि छलफल गर्ने भएको छ । आज विहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा बसेको पदाधिकारी बैठकले सभामखुमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेसले सभामुखको निर्वाचनबारे प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले आफू संवैधानिक पदमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने पक्षमा रहेको भनेकोले सभामुखको निर्वाचनबारे प्रधानमन्त्रीको राय लिने कांग्रेसको तयारी छ ।
अहिले केहीबेरमा सभापति देउवाले प्रधानमन्त्री दाहालसँग भेटेर वा फोनबाट भएपनि सभामुखको निर्वाचनबारे छलफल गर्ने बताईएको छ । कांग्रेसले सभामुखमा आफ्नो दलबाट उम्मेदवार बने उपसभामुखमा भने माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० लाई सघाउने तयारी गरेको छ । सत्ता गठबन्धनबाट भने नेकपा ९एमाले० का देवराज घिमिरे उम्मेदवार बनेका छन् । एमालेले सभामुखमा घिमिरेलाई अघि सारिसकेको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

