जहाज दुर्घटनामा परेकाहरूको शव पहिचान गरी छिटो परिवारलाई हस्तान्तरण गरिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव पहिचान गरी छिटो परिवारलाई हस्तान्तरण गर्ने बताएका छन्। बिहीबार बिहान शिक्षण अस्पताल पुगेर जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको परिवार तथा आफन्तलाई भेट गरी प्रधानमन्त्रीले शव पहिचानको काम छिटो हुने र परिवारलाई हस्तान्तरण गरिने बताए।
‘प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भन्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ, ‘प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गर्नुभयो।’
काठमाडौंबाट पोखरा गइरहेको यति एयरलाइन्सको जहाज गत आइतबार पोखरा विमानस्थल नजिकै सेती नदी खोंचमा दुर्घटना भएको थियो। चालक दलका सदस्यसहित उक्त जहाजमा ७२ जना थिए।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


