• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • ११ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १४ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • १ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • १ दिन 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • १ दिन 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • १ दिन 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ३. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • ४. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ५. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ७. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ८. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ९. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • १०. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु : श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्याल

जानकारी केन्द्र २०७९, माघ, ५

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए  का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद डिपी  अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय यूरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् । संघका प्रतिनिधिहरुले मन्त्री अर्याललाई टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करीबारे जानकारी गराउँदै त्यसलाई रोक्न तत्काल पहल नगरे भयावह समस्या निम्तनेतर्फ ध्यानाकर्षण गराएका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रबिना थापासहित संघका दुई अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यले विभिन्न प्रलोभन देखाएका नेपालका श्रमिकलाई बिना कुनै सीप र अभिमुखीकरण यूरोप पुर्याउने आश्वासनमा मानव तस्करी बढीरहेकोले नेपाल सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । अध्यक्षत्रयले टर्कीमा पछिल्लो समय नेपालीले नेपालीलाई नै फिरौतीका लागि अपहरण गर्ने, ज्यान मार्ने धम्की दिने र डराउने लगायतका आपराधिक गतिविधि समेत गरिरहेको भन्दै त्यसतर्फ नेपाल सरकारले ध्यान दिई तत्काल प्रक्रियागत रुपमा समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । अवैधानिक रुपमा युरोप छिर्न खोज्दा कयौँ नेपालीको ज्यान जाने गरेको जानकारी गराउँदै अध्यक्षत्रयले संयुक्त रुपमा समस्याग्रस्त देशमा सरकारको उपस्थिति र त्यहाँको सरकारसँग संवाद अघि बढाउन आग्रह गर्नुभयो । टर्की लगायतका कतिपय देशमा राजदूतास र कन्सुलर सेवा समेत नहुँदा त्यहाँका नेपालीहरुले ठूलो समस्या भोग्नुपरेकोले त्यसबारे पनि अध्यक्षत्रयले मन्त्री अर्याललाई जानकारी गराउनुभयो ।

गैरआवासीय नेपाली संघले लामो समयदेखि पहल गरिरहेका सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएकोप्रति खुशी व्यक्त गर्दै उक्त कोषमा विदेशमा रहेका सबै श्रमिकलाई आबद्ध गराउन सरकारले थप योजना बनाउनुपर्ने र कोषमा सरकारको तर्फबाट पनि आर्थिक योगदान हुनुपर्नेमा संघले जोड दिएको छ ।

यस्तै, रेमिट्यान्टस्लाई वैधानिक मार्गबाट ल्याउन प्रोत्साहन गर्नुपर्ने, विदेशमा विभिन्न कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने, विदेशबाट फर्किएकालाई स्वरोजगार कार्यक्रम र पुर्नएकीकरण गर्नेपर्ने लगायतका विषयमा उहाँहरुले संयुक्त रुपमा मन्त्री अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

संघका उपाध्यक्ष, राजेन्द्रकुमार शर्माले मध्यपूर्वमा रोजगारीमा जाने नेपाली श्रमिकहरु सधैँ सरकारको उपेक्षामा पर्ने गरेको भन्दै उनीहरुलाई सीपमुलक तालिमसहित गन्तव्य मुलुकको कानून, भाषा र त्यहाँका पालना गर्नुपर्ने न्यूनतम नीति नियमका सम्बन्धमा सचेत बनाउन मात्रै विदेश पठाउनुपर्ने भन्दै मन्त्री अर्यालको ध्यानाकर्षण गराउनुभयो । यस्तै, विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक रुपमा बैंकिङ च्यानलमार्फत ल्याउन श्रम मन्त्रालयले अन्तरमन्त्रालयगत सहकार्य र समन्वय गर्नुपर्ने, गन्तव्य मुलुकमा रहेका एनआरएनएका प्रतिनिधिहरुसँग सहकार्य गरी सचेतनामुलुक कार्यक्रम गर्नुपर्नेमा उपाध्यक्ष शर्माले जोड दिनुभयो ।

जवाफमा, मन्त्री अर्यालले मानव तस्करीको जालो पन्छाउन नेपाल सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि अध्ययन आवश्यक भएकोले पहिले अध्ययन गर्ने र अन्तरमन्त्रालयगत रुपमा सहकार्य र समन्वय गरेर अघि बढ्ने मन्त्री अर्यालको भनाई थियो । उहाँले भन्नुभयो, “ तपाईहरुले भनेको सबै विषयमा अध्ययन र अन्तरमन्त्रालयगत सहकार्य र समन्वयबाट छिट्टै मानव तस्करी लगायत श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु ।” अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपाली श्रमिकहरुको समस्याबारे आफू जानकार रहेको र लामो समय विदेशमा रहँदा उनीहरुका समस्यालाई प्रत्यक्ष रुपमा देखेको, भोगेको भएकोले पनि उनीहरुको हक हितका लागि आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म पनि श्रमिक नै हुँ, श्रमिककै आवाज बोल्न र उहाँहरुकै काम गर्न यहाँ आएको हुँ, मैले आफ्नो र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गर्न म प्रतिबद्ध छु ।”

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

ताजा

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.