मधेसका शहिदहरुप्रति हामीले अनादर गरेको होइन : उपप्रधामन्त्री लिङदेन
काठमाडौं । मधेस प्रदेशका शहिदहरुप्रति आफूहरुले केही अनादर नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङदेन बताए। उनले प्रतिनिधिसभामा बोल्दै माघ ५ गते संसद्मा मधेसका शहिदहरुप्रति आफूहरुले नउठदैमा अनादर नगरेको बताएका हुन्।
उनले भने, ‘मधेस आन्दोलनमा शाहदत प्राप्त गर्ने मधेसका शहिदहरुका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो। उठ्ने र नउठने कुरा बाहिर प्रचारमा आइरहेको छ। सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो, उहाँको उपप्रधानमन्त्री म थिए। हामी उठैनौं। यसको अर्थ बाहिर के गइराखेको छ भने हामीले मधेस आन्दोलनमा शहादत प्राप्तगर्ने शहिदहरुका प्रति हाम्रो चाँही सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ।’
यस्तै उपप्रधामन्त्री लिङदेन भने, ‘तर संसदको एउटा मर्यादा हुन्छ। एउटा नियम हुन्छ र रुलिङ् सभामुखको चल्छ। कि त सभामुखले रुलिङ् गर्नुपर्यो कि त मेरो प्रधानमन्त्री उठनु पर्यो। त्यसकारण हामीले यो भ्रम नरहोस त्यो विषयप्रति अनादर गरेको होइन।’
प्रतिनिधि सभामा आज उपसभामुखको निर्वाचन भइरहेको छ।
उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी ईन्दिरा राना मगर र कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन्।
राना मगरको प्रस्तावकमा सोविता गौतम र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थन रहेका छन् भने यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन्।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


