हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री लिङ्देनले रु ४५ लाखको लागतमा बनेको दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको आज उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताउनुभयो ।
“सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ”, उहाँले भन्नुभयो, “हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।” उहाँले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताउनुभयो ।
मन्त्री लिङ्देनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताउनुभयो । यसैगरी शङ्कराचार्य पीठ घोषणा भएको २५औँ वर्ष तथा रजत जयन्तीको अवसर पारेर आजै जगत्गुरु शङ्कराचार्यको मूर्तिसहित रजत स्तम्भको समेत अनावरण गरिएको व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताउनुभयो ।
शङ्कराचार्यपीठमा स्थापनाको ४७औँ वार्षिकोत्सव तथा श्री शङ्कराचार्यपीठ घोषणाको २५ औँ वर्ष ‘रजत जयन्ती’ को अवसर पारेर गत माघ १ गतेदेखि श्रीमद् ब्रह्मावैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक एकादशाह विराट गोपाल महायज्ञ भइरहेको छ ।
आध्यात्मिक जागरण मानव सचेतना, दैनिक रु एक दान एघार करोडको अक्षयकोष स्थापना महाअभियान विस्तार, गुरुकूलमा अध्ययनरत बटुकका लागि भोजनाच्छा दान व्यवस्था, गौशाला सुदृढ व्यवस्थापनका लागि पुनःनिर्माण, नियमित गौआहाराको व्यवस्था र संस्थाको सर्वाङ्गीण विकासको उद्देश्यले महायज्ञको आयोजना गरिएकोे बताइएको छ । रासस
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
