Jankari Kendra
८ आश्विन २०८३, बिहीबार
Worldlink

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, १०
२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। २१ सदस्यीय समितिमा सांसदहरू अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरूङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन्।

समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिए।

नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधि सभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो।

Top Changing Nepal

युट्युब सट्स