Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

प्रणाली सुधारमा लागेका छौँ, परिणाम देखिन केही दिन लाग्छः गृहमन्त्री लामिछाने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, माघ, १०
प्रणाली सुधारमा लागेका छौँ, परिणाम देखिन केही दिन लाग्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरू प्रणाली सुधारमा लागिरहेकाले परिणाम आउन केही दिन लाग्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा राज्यका संयन्त्रलाई थिलथिलो पारिएको र राज्यका संयन्त्रहरूलाई नीति नियमभन्दा आदेश पालन गर्ने बनाइएको उल्लेख गर्दै उनले त्यसलाई सुधार्न आफूहरू लागिपरेको बताए ।

कामका माध्यमबाट, परिणामका माध्यमबाट जवाफ दिन आफू तयार रहेको मन्त्री लामिछानेले बताए । उनले प्रणालीगत सुधारका लागि आफूहरू लागिरहेको बताए । गृह मन्त्रालय प्रणाली सुधारका लागि लागिपरेको जानकारी दिए । हिजोको जस्तो तरिकाले राज्यका संयन्त्र चलाउन छाड्न उनले आग्रह गरे । प्रणालीलाई बलियो बनाउन लाग्ने हो भने आधा समस्याको समाधान हुने उनले बताए ।

गृह मन्त्रालय संवेदनशील बनेर आफ्नो काम गरिरहेको उनले बताए । गृह मन्त्रालयको ट्र्याक बिगारिएकाले केही समय लागेकाले परिणाम आउन केही दिन उनले बताए । उनले आम नागरिकलाई केही जानकारी दिनका लागि केही खबरहरू भन्नुपर्ने अवस्था आउने भएकाले मन्त्रालयको कार्यलाई त्यसैगरी लिइदिन आग्रह गरेका छन् ।

उनले आफूले दह्रो गरी खुट्टा टेकेको उल्लेख गर्दै अरुलाई पनि दह्रो खुट्टा टेक्न आग्रह गरे ।

Top Changing Nepal

युट्युब सट्स