• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • ११ घण्टा 

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • १२ घण्टा 

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • १२ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • १४ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • १६ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • १७ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • २. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ४. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ५. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ६. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • ७. २०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

  • ९. आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

  • १०. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मनोनयन दर्ता, एकै जिल्लाका दुई जना भिड्दै

जानकारी केन्द्र २०७९, माघ, ११

काठमाडौँ । लुम्बिनीमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेसले एकै जिल्ला रोल्पा निवासी दुई जनालाई उम्मेदवार बनाउने भएका छन्। एमालेले कुमार दसौदी र कांग्रेसले माधव आचार्यलाइ उम्मेदवार बनाउने भएको हो। एमालेले उम्मेदवार उठाउने दसौदी पार्टी केन्द्रीय सदस्य रहेका छन्। उनलाई नेकपा माओवादी केन्द्रसहित सत्तारूढ दलको समर्थन रहनेछ। माघ २५ मा हुने उपनिर्वाचनका लागि आज बुधबार मनोनयन दर्ताको कार्यतालिका छ।

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले निर्वाचन कार्यतालिका अनुसार ११ बजे दाङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए।

प्रमुख विपक्षी दल कांग्रेसले रोल्पाका माधवप्रसाद आचार्यलाई उम्मेदार बनाउने निर्णय गरेको हो। अहिले भरखर आचार्यलाई उम्मेदार बनाउने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए। आचार्य रोल्पाको पूर्व जिल्लासभापति र अहिलेसम्म कुनै लाभको पद नलिएका नेतामध्येमा पर्दछन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता, माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालीका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ। लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २ २ तथा राप्रपा र जनता प्रगतिशीलले १ १ स्थानमा जितेका छन्। त्यस्तै, प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४ ४, जसपा, लोसपा र जनमतले ३ ३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-  १ र स्वतन्त्र २ जनाले जितेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

ताजा

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.