रविका हरेक निर्णय विवादमा
काठमाडौं । पारिवारिक भिसामा अमेरिकाबाट नेपाल आएका रवि लामिछानेले ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्ने विषयमा विश्व कीर्तिमानी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा बटुलेका थिए। उनले २०७२ सालदेखि नेपाली सञ्चारमाध्यममा वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिलाई न्याय दिलाउने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए।
लामिछानेले २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला ‘सीधा कुरा जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उनको लोकप्रियता चुलिँदै आएको थियो। उनले बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने विषयमा टेलिभिजनबाट सबैभन्दा लामो समय कार्यक्रम सञ्चालन गरेर विश्व कीर्तिमान कमाएका थिए।
थिति र विधि बसाउनुपर्ने, अन्यायमा परेकालाई न्याय दिलाउनुपर्नेजस्ता टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका लामिछाने राजनीतिमा छिरेको छोटो समयमै उपप्रधान एवं गृहमन्त्री भए। टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका उनले ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गठन गरेका थिए। सोही पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका उनी चितवन २ बाट सांसदमा निर्वाचित भएका थिए।
गृह मन्त्रालय सम्हालेपछि उनले गरेका हरेक निर्णय विवादमा परे। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएका लामिछाने अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेपछि विवादमा परेका हुन्। यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला गृहमन्त्री भएपछि उनको आलोचना भयो।
लामिछानेले गृह मन्त्रालय सम्हालेपछि आफ्नो नागरिकता मुद्दा पर धकेल्न अनुसन्धान प्रभावित पार्नसक्ने आशंका गरिएको थियो। अदालतले उनको विपक्षमा फैसला गरिदिएको छ। छोटो समयमा राजनीतिमा उदाएका लामिछानेलाई अदालतको फैसलाले ‘ब्रेक’ लगाएको छ। नागरिक दैनिकबाट
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

