एलिजा गौतम भन्छिन्- ‘देश र जनताको सेवाको लागि राजनीतिमा आएकी हुँ’
काठमाडौं । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीमा विशेष कार्यक्रम आयोजना गरेर उक्त पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् । गौतम ऋषि धमलाकी पत्नी हुन् । पार्टी प्रवेशपछि उनले आफ्नो राजनीतिक प्रवेशले समाज र देश प्रतिको मेरो दायित्वबोध गराएको अनुभूति महसुस गरेको बताइन् ।
‘मैले राजनीतिक यात्राको थालनी गरेकी छु । माननीय रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेशसँगै मेरो राजनीतिक यात्राको आरम्भ भएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘म देश र जनताको सेवाको लागि राजनीतिमा आएकी हुँ । पार्टीको मूल उद्देश्य पूरा गर्नको लागि अहोरात्र खटिने प्रण गर्दछु । समाज रूपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु ।’
गौतमले आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी पार्टीले दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना गरेको बताइन् । ‘दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । हामीले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दापनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना गरेका छौँ । हामी सामूहिक भावनाले अघि बढ्छौँ,’ उनले अगाडि भनेकी छन् ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


