गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयका विषयमा नेताहरूले जोडदार रूपमा बोलेका छन् । नेताहरूले गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् । पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृह मन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका छन् ।
‘प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय हुनुपर्छ । अहिले कुनैपनि मन्त्रालय माओवादीको भागमा छैन’ बैठकका सहभागी एक पदाधिकारीले भने, ‘अहिले रवि जीले गृह मन्त्रीबाट राजीनामा दिएपछि पार्टीले लिनुपर्छ । पार्टीले लिएपछि जो गएपनि हुन्छ ।’ रवि लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने धारणा राखेका छन् ।
‘अहिले रवि जीको मुद्दा किनारा लागि सकेको छैन । अर्को तत्काल गैर सांसदलाई मन्त्री बनाउनु हुँदैन त्यस निर्णयले सरकारको आलोचना बढ्छ’ ती पदाधिकारीले भने, ‘यस्तो अवस्थामा रवि जीको पार्टीबाट गृह मन्त्री हुने प्रोफाइलको नेता छैनन् । यस्तो अवस्थामा माओवादीले सम्हाल्नुपर्छ ।’
सत्ता साझेदार दललाई गठबन्धनमा जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई नेताहरूले दबाब दिएका छन् । सत्ता जोगाउने नाममा अनुचित काम नगर्न नेताहरूले प्रचण्डलाई सुझाव दिएका छन् । यदि गृह माओवादी भागमा आएमा शक्ति बस्नेत जाने दाउमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा बस्नेत मन्त्री हुन खोजेपनि सत्ता साझेदार दलमा भागवण्डा मिलाउनुपर्ने भएकाले उनी रोकिएका हुन् । यो खबर नेपालटपमा छ ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


