रवि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
जानकारी केन्द्र
२०७९, माघ, १७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो। यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुनस् प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो। लामिछाने गृहमन्त्री नरहे पनि रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ। पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

