प्राथमिकतामा रहेका विधेयकलाई सदनमा लैजाने सहमति
काठमाडौँ । सरकारले प्राथमिकतामा रहेका विभिन्न विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य थालेको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा विभिन्न दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा जनसरोकारसँग जोडिएका विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको छ ।
छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा नियमावलीलाई १५ दिनभित्र टुंगो लगाउने र यसअघि थाती रहेका विधेयकलाई प्राथमिकताका आधारमा अघि बढाउने सहमति भएको जानकारी दिए । संसद सुरू भएपछि प्राविधिक कार्यमा व्यस्त रहेकाले अब संसदलाई बिजनेश दिने विषयमा छलफल केन्द्रित भएको परियारले बताए ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदलाई व्यवस्थित गराउने र विधेकहरूलाई जनमुखी बनाउने तथा जनताका आवश्यकतासँग जोड्ने गरी विधेयकलाई अघि बढाउने विषयमा सबै दलहरुसंग छलफल गरिएको जानकारी गराए ।
सरकारले विकास, सुशासन, संक्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लैजाने तयारी गरेको छ ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


