ओली निवासमा राष्ट्रपतिको निर्वाचनबारे छलफल, उच्चस्तरीय संयन्त्रको बैठक बस्ने
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सम्पन्न भएको छ । एमाले अध्यक्ष ओलीको बालकोटस्थित् निवासमा भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बुझिएको छ। पछिल्लो समय सत्ता गठबन्धनमा खट्पट् सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि गठबन्धनमा खट्पट् सुरु भएको हो ।
आजको बैठकमा दुई नेताले राष्ट्रपतिको निर्वाचन र उम्मेदवारबारे छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने अभिव्यक्ति दिएपछि एमाले नेतृत्व सशंकित बनेको छ । उनीहरुले राष्ट्रपतिको निर्वाचनबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्ने सहमति गरेका छन् ।
संयन्त्रको संयोजकमा एमाले अध्यक्ष ओली छन् । सो बैठकमा रास्वपाबाट सभापति रवि लामिछानेपनि सहभागी हुनेछन् । रास्वपाले सरकारबाट बाहिरिएपनि समर्थन भने कायमै राखेको छ। रास्वपाले सरकार छाडेकै दिन प्रधानमन्त्री दाहालले आफूले रास्वपासँग कुरा गर्ने र सहमतिमा पुग्ने विश्वास दिलाएका थिए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

