शब्दावलीमा विभाजित भए सांसद, सर्वसाधारण कि आम नागरिक राख्ने ?
काठमाडौँ । सङ्घीय संसद्का विषयगत समितिहरूमा सामान्य शब्दावलीहरूमाथि कहिलेकाहीँ गहन छलफल हुने गरेको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको मंगलवारको बैठकमा पनि यस्तै दृश्य देखियो ।
नेपालको संविधानको धारा १०४ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरी प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समिति गठन, काम कारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाउने गर्छ ।
नियमावली बनाउने क्रममा यिनै विषयलाई प्राथमिकतामा राखी सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै संसद् बैठक सञ्चालन र कार्यसम्पादनलाई प्रभावकारी बनाउनका लागि बाध्यकारी व्यवस्था राख्ने विषय नै मूलभूत प्राथमिकतामा पर्नुपर्ने हो । तर मंगलवारको बैठकमा विधेयकमाथि जनताको प्रतिक्रिया प्राप्त गर्ने कार्यविधिमाथिको छलफलको क्रममा समिति सचिव एकराम गिरीले ‘संविधान संशोधनको कार्यविधिमाथि जनता भन्ने शब्द हटाएर सर्वसाधारणको जानकारीका लागि बनाइयो, भन्ने सुनाउने बित्तिकै सो शब्दावलीमाथिको बहस प्रारम्भ भएको हो ।
समिति सदस्य शक्तिबहादुर बस्नेतले ‘सर्वसाधारण र विशिष्ट भन्ने हुन्छ रु’ भनी प्रश्न गरे । उनले भने ‘यो ट्रम चाहिँ बेठिक ट्रम छ है ।’
नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सबैतर्फ सर्वसाधारण शब्द प्रयोग भएकाले सोही प्रयोग गर्दा उपयुक्त हुने तर्क गरे ।
नेपाली काँग्रेसका सांसद रमेश लेखकले सूचना ‘पब्लिक इन जनरल’ गर्नुपर्छ भन्ने भएकाले ‘पिपुल इन होल’का लागि सर्वसाधारण प्रयोग गरेको हो भनी प्रस्ट पार्ने प्रयास गरे ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले हाम्रो नियमावलीमा आम नागरिक लेख्दा सर्वसाधारण होइन भन्ने अर्थ लाग्छ र ? भन्दै नागरिक राख्नुपर्ने तर्क गरे ।
आम नागरिक र सर्वसाधारण मध्ये के लेख्ने भन्ने सन्दर्भमा समिति सदस्यहरूको बहस लामो भएपछि समितिका सभापति चित्रबहादुर केसीले ‘दोहोरी’ छलफल भयो भन्दै पटक पटक ध्यानाकर्षण गराउनुपरेको थियो । लामो बहसपछि संविधानमा नै सर्वसाधारण भन्ने शब्दावली भएकाले सोही शब्दावली राख्ने निर्णयमा समिति पुगेको थियो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

