सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेको नागरिकता र राहदानीलगायत कागजात
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानी दुरुपयोग गरेको भन्दै परेको उजुरीमा राहदानीको प्रमाण संकलन सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मागेको हो । लामिछानेले पासपोर्ट दुरुपयोग गरेको भन्दै अभिवक्ता युवराज पौडेल सफलले जोहरी हालेका थिए ।
पौडेलले लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका हुन सो जाहेरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेको नागरिकता र राहदानीलगायतका कागजात मगाएको हो ।
सरकारी वकिलको कार्यालयले सिडिओ कार्यालयबाट जारी भएको नागरिकता र राहदानी विभागबाट जारी भएको राहदानीका साथै अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएको छ । ती सबै कागजात प्राप्त भएपछि अध्ययन सुरु गरिने अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


