हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् । आज (मंगलबार) अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले नेकपा एमाले देश बचाउने सुरक्षागार्ड जस्तो रहेको पनि प्रस्ट्याए । अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने रु। यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’
उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको सुनाए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध विद्यार्थीलाई शालीन र विनम्र हुन आग्रह गरेका छन् । मंगलबार अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले परिचय पत्र देखाएर अनेरास्ववियुको विद्यार्थी भन्नुपर्ने अवस्था आउन नदिन आग्रह गरे । ‘परिचयपत्र देखाएर अनेरास्ववियुको विद्यार्थी भन्नु नपरोस्, विचारबाट, कामबाट, विनम्रता र शालीताबाट अनेरास्ववियुको विद्यार्थी भन्ने चिन्न पाइयोस्’ उनले भने ।
ओलीले अगाडि भने, ‘अनेरास्ववियुको विद्यार्थी भनेर तपाईं बसमा हिँड्दा तपाईंको ब्यवहार देखेर कति खराब रहेछ को मान्छे हो यो भन्दा म अनेरास्ववियुको हो भनेर कार्ड देखाउने होइन । तपाईको शालीनताले, तपाईको व्यवहारले, बिनम्रताले, मुस्कानले र आदरयुक्त ब्यवहारले बाबु अनेरास्ववियुको विद्यार्थी हो, बहिनी अनेरास्ववियुको विद्यार्थी हो भनेर सोधुन् न १’
सम्बन्धित समाचार
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

