प्रचण्डले धोका दिन लागेको ओलीको निश्कर्ष
काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै सत्ता गठबन्धन संकटमा परेको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । त्यसको लागि उम्मेदवारी मनोनयन दर्ता भने फागुन १३ गतेको लागि तोकिएको छ । कांग्रेसका प्रभावशाली नेताहरुले नै फागुन १० गतेसम्म सत्ता गठबन्धन भत्किनेमा विश्वस्त छन् ।
उनीहरुले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बन्ने दाबी गरेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि सत्ता गठबन्धन फागुन १० गतेभित्रै ढल्ने ठोकुवा गरेका छन् । केही पहिलेदेखि नै एमालेले अघि सार्ने राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्ने उद्घोष गर्दै आएका गगनले भर्खरै भैरहवामा आयोजित पार्टीको एक कार्यक्रममा सत्ता गठबन्धनको आयु फागुन १० गतेसम्म मात्रै भएको खुलासा गरे ।
उनले कांग्रेसले उठाउने उम्मेदवार नै राष्ट्रपति बन्ने पनि जिकिर गरेका थिए । थापाको अभिव्यक्तिले राजनीतिमा तरंग पैदा गरेको छ । पुष १० गते प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गरेको कुरा चर्चा छ ।
तर, उक्त सहमति पालना गर्न भने प्रचण्ड अनिच्छुक देखिएका छन् । २६ पुषमा संसद्मा विश्वासको मत लिने क्रममा दाहालले नेपाली कांग्रेसको पनि मत प्राप्त गरेका थिए । संसद्मा अभूतपुर्व विश्वासको मत पाएका दाहालले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने बताउन थालेका छन् । दाहालको उक्त अभिव्यक्तिले एमाले नेतृत्व भने चिढिएको छ । एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा यदि समझदारी कायम गर्ने हो भने एमालेले अघि सार्ने उम्मेदवारको नाममा सहमति हुनुपर्नेमा जोड दिएका छन् ।
तर, प्रधानमन्त्री दाहाललाई कुनैपनि हालतमा एमालेलाई राष्ट्रपति नदिन पार्टीभित्रैबाट दबाब छ । आज÷भोलि नै माओवादीले राष्ट्रपतिमा कांग्रेसले अघि सार्ने उम्मेदवारको पक्षमा मत हाल्नेबारे पार्टीबाट औपचारिक निर्णय गर्नसक्ने बुझिएको छ । कांग्रेससँग सहकार्यको लागि जोड दिँदै आएका जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायतले अहिले कांग्रेसका नेताहरुसँग नियमित सम्वाद गरिरहेका छन् ।
एमालेसँगको गठबन्धन गराउन सफल भएका वर्षमान पुन स्वास्थ्य समस्यामा परेपछि पार्टीमा जनार्दन हाबी भएका छन् । अहिले वर्षमान उपचारकोलागि चीन पुगेका छन् । यता, प्रचण्डमाथि जनार्दनलगायतका नेताहरुले कांग्रेससँग सहकार्यको लागि दबाब बढाएका छन् । कांग्रेसभित्र पनि माओवादीसँग सहकार्य गर्नुपर्ने आवाज बलियो बनेको छ । यो बीचमा कांग्रेस महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री दाहालसँग बाक्लो भेटवार्ता गरेका छन् । प्रचण्डसँगको भेटवार्तापछि नै थापाले सत्ता गठबन्धन टुट्ने दाबी गरेका हुन् ।
उता, सत्ता गठबन्धनको मुख्य घटक एमाले पनि गठबन्धन धेरै नटिक्ने निश्कर्षमा पुगेको छ । एमाले अध्यक्ष ओलीले हिजो पार्टीको भातृ संगठन अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा पनि यो गठबन्धनमा समस्या आएको संकेत गरेका थिए ।
तर, उनले आफ्नो दल सत्ताको लागि लतारिएर नजाने टिप्पणी गरेका छन् । ओलीले आफूनिकटका नेताहरुसँग प्रचण्डले धोका दिन लागेको सुनाउन थालेका छन् । उनले प्रचण्ड अस्थिरताको शिकार बनेको भन्दै यसले मुलुकको हित नहुने पनि बताउने गरेका छन् । आजपनि प्रधानमन्त्री दाहालसँग ओलीले बालुवाटारमा पुगेर भेटवार्ता गरेको चर्चा छ ।
सम्बन्धित समाचार
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

