मोवाईल व्यवसायीहरुले भेटे प्रधानमन्त्री दाहाललाई, क्षतिपूर्ति दिने वचन
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३
काठमाडौं । मोवाईल व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर व्यवसायीहरुले भेटवार्ता गरेका हुन् ।
हालै गोंगबु बसर्पाकमा रहेको ल्होत्से मलमा यातायात मजदुरको आन्दोलनमा भएको पसल तोडफोड र मोवाईल चोरीको घट्नालाई लिएर व्यवसायीहरु प्रधानमन्त्री दाहालको ध्यानाकार्षण गराउन बालुवाटार पुगेका हुन् ।
सो क्रममा उनीहरुले ८ करोडको क्षति भएको भन्दै त्यसको पूर्ति भरिदिन सरकारसँग माग गरेका थिए । प्रधानमन्त्री दाहालले सो घट्नाबारे दुःख व्यक्त गर्दै आगामी दिनमा यसखालको कुनै क्रियाकलाप दोहोरिन नदिने वाचा गरेका थिए ।
प्रधानमन्त्री दाहालले उक्त घट्नाको बारेमा छानबिन गर्न समिति पनि गठन भएको भन्दै समितिको प्रतिवेदन सार्वजनिक भएपछि कारबाही प्रक्रिया पनि अघि बढाउने विश्वास दिलाएका छन् ।
सम्बन्धित समाचार
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

