प्रधानमन्त्री दाहालद्वारा चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ग्यास सिलिन्डर बिस्फोटमा गम्भीर घाइते भएर उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा। चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छन् । दाहालल सामाजिक सञ्जालमार्फत भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
उनले लेखेका छन्–‘ग्यास सिलिण्डर बिस्फोटमा परी गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं गुल्मी–१ का माननीय सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। बिस्फोटमा परी दुखद् निधन भएकोमा उहाँको ममतामती आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली गर्दै परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदनासहित धैर्यधारणको कामना गर्दछु।’
भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीर जलेको थियो । आमा हरिकलाको निधन भइसकेको छ । चन्द्रलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ । भण्डारीलाई अहिले केहीबेरमा श्री एयरलाईन्सको जहाजमार्फत भारत लैजान लागिएको कांग्रेस नेताहरुले जनाएका छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


