देउवाले प्रचण्डसँग राष्ट्रपतिको लागि रामचन्द्रको नाम लिए, ओली महन्थ र अशोक राईसँग छलफलमा
काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । खासगरी राष्ट्रपतिकै निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुष १० गते प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवासमा राष्ट्रपति एमालेले पाउने सहमति भएको चर्चा छ ।
तर, उक्त सहमतिबाट प्रधानमन्त्री दाहाल ब्याक भएको एमाले नेताहरुको गुनासो छ । दुवै दलका दोस्रो तहका नेताहरुले भने पुष १० गतेको सहमति कार्यान्वयन हुनुपर्ने आवाज उठाएका छन् । २६ पुषमा प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिने बेला कांग्रेसको पनि मत पाएपछि उनले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोजिने बताउन थालेका छन् ।
तर, दाहालको राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटानबाट रुष्ट छ । हिजो ९बिहीबार० मात्रै एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई घण्टा लामो छलफल गरेका थिए । सो छलफल राष्ट्रपतिको निर्वाचनमा केन्द्रित थियो । दुवै नेताले गठबन्धन बचाउनको लागि अधिकतम प्रयत्न गर्ने बताएका थिए । ओलीले राष्ट्रपतिमा एमालेले अघि सार्ने उम्मेदवारको नाममा सहमति हुनुपर्ने अडान दोहोर्याएका थिए भने प्रचण्डले भने कांग्रेसलाई पनि स्विकार्य हुने व्यक्ति खोज्नुपर्ने अडान लिएका थिए ।
दुवै नेता आफ्नो अडानबाट ब्याक नभएपछि राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दिनुअघि नै सत्ता गठबन्धन धरापमा परेको आँकलन गरिएको छ । प्रधानमन्त्री दाहाललाई पनि कुनैपनि हालतमा एमालेलाई राष्ट्रपति नदिन पार्टीभित्रैबाट दबाब छ । माओवादी केन्द्रका अधिकांश नेताहरु एमालेलाई राष्ट्रपति दिईए अढाई वर्षपछि एमालेलाई नै सत्ता हस्तान्तरणपछि माओवादीलाई अप्ठ्यारो पर्ने तर्क गर्छन् । उनीहरु बरु कांग्रेससँग सहकार्य गर्दा सहज हुनेमा पुगेका छन् ।
चुनावमा पनि कांग्रेससँगै गठबन्धन गरेकोले त्यसरी जाँदा प्राकृतिक हुने उनीहरुको भनाई छ । यो बीचमा प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भेटवार्ता गरेका छन् । सो भेटवार्तामा राष्ट्रपतिको निर्वाचनको लागि सम्भावित उम्मेदवारको बारेमा छलफल भएको थियो । देउवाले आफ्नो दलबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नै उम्मेदवार हुने बताएका थिए ।
प्रधानमन्त्री दाहालपनि पौडेलप्रति सकारात्मक छन् । सुरुदेखि नै उनले पौडेलसँग यो विषयमा छलफल गरेको पाईएको छ । उता, एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवारलाई रोक्न खोजे वा सहमति हुन नसक्ने हो भने साना दलका नेतालाई अघि सार्ने रणनीति अख्तियार गरेका छन् । त्यसको लागि उनले एक चरणमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल पनि गरिसकेका छन् ।
ओलीको वचन पाएपछि ठाकुरले पनि आफूलाई सक्रिय बनाएका छन् । ओलीले जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईको पनि नाम लिन थालेका छन् । उनले राई एमालेकै पूर्व नेता भएको कारण उनलाई राष्ट्रपति बनाउँदा राम्रो सन्देश जाने निश्कर्ष निकालेका छन् । अहिले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली राष्ट्रपतिको निर्वाचनलाई लिएर आ–आफ्नै रणनीति बनाउन सक्रिय छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


