एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसको कसरत, प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर
काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्काउन कसरत थालेको छ । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसको लागि यही फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । कांग्रेसका पदाधिकारीले सत्ता गठबन्धनको आयु फागुन १० गतेसम्म भनेर किटानी गरेका छन् ।
महामन्त्री गगनकुमार थापाले त सत्ता गठबन्धन फागुन १० गते नै ढल्ने ठोकुवा गरेका छन् । उनले कांग्रेसको नेतृत्वमा रहेको चुनावअघिको गठबन्धन ब्युँतिने सार्वजनिक अभिव्यक्ति दिएका छन् । २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने क्रममा कांग्रेसको पनि मत पाएपछि मुलुकको राजनीतिमा नयाँ कोर्सको थालनी हुन लागेको भएको चर्चा छ ।
अहिले एमाले, माओवादी, राप्रपा, रास्वपासहितको सत्ता गठबन्धन छ । सरकारको नेतृत्व नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले गरेका छन् । उनी एमाले गठबन्धन छोडेर पूरानै गठबन्धन बनाउन लागिपरेका छन् । तर, राष्ट्रपतिको निर्वाचनअघि नै उनले आफ्नो सत्ताको आयु लम्ब्याउनेगरि प्रयत्न गरेका छन् । दाहालले कांग्रेससँग गठबन्धन गर्दा आफूले पाँच वर्ष नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेका छन् ।
दाहालको अडानमा कांग्रेस नेतृत्व सकारात्मक बनेको चर्चा छ । कांग्रेसले राष्ट्रपति पाउने शर्तमा पाँच वर्ष नै प्रचण्डलाई सरकारको नेतृत्व गर्न दिने मोटामोटी सहमति छ । यो बीचमा देउवासँग भएको छलफलमा पनि यसै विषयमा केन्द्रित रहेर वार्ता भएको बुझिएको छ । कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्र निर्णायक रहेकोले उसले अघि सारेको शर्त मान्ने रणनीति लिएको हो ।
तर, माओवादीमा भने प्रचण्डलाई गठबन्धन नछोड्न दबाब छ । एमालेसहितको गठबन्धन बनाउन मेहनत गरेका वर्षमान पुनलगायतका नेताहरुले अहिलेको गठबन्धन छोडे माओवादीको अस्तित्वमा नै संकट आउनसक्ने भन्दै प्रचण्डलाई सचेत बनाएका छन् । तर, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरु भने एमालेलाई कुनैपनि हालतमा राष्ट्रपति दिन नहुने पक्षमा छन् । उनीहरु बरु कांग्रेससँग सहकार्य गर्ने पक्षमा छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

