जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु
काठमाडौँ । सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१ हजार पाँच सय आठ सवारी चालकलाई कारबाही गरिएको छ । तीमध्ये ढोका खुल्ला राखेर सवारी साधन गुडाउने मात्रै १५ हजार छ सय २९ चालक कारबाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
ढोका खुला राख्दा त्यहाँबाट यात्रु खस्ने जोखिम बढी हुन्छ । प्राप्त विवरणानुसार साउन महिनामा दुई हजार छ सय ८३, भदौमा दुई हजार आठ सय ७३, असोजमा सात सय ४९, कात्तिकमा एक हजार आठ सय २६, मङ्सिरमा दुई हजार आठ सय २६, पुसमा दुई हजार सात सय ३४ र माघ महिनामा एक हजार नौ सय ३८ चालक काराबाहीमा परेका थिए ।
ढोका खुला राख्ने धेरै भए पनि क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउँदै गरेका पाँच हजार आठ सय दुई चालकलाई पनि कारबाही गरिएको उनले बताए । त्यस्तै ७७ टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो। टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछि उनीहरूलाई कारबाही गरिएको हो ।
क्षमताभन्दा बढी यात्रु राख्दा सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डिएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरे ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६४ मा सवारी साधनमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकामा सो हदभन्दा बढी राखेर सवारी साधन चलाएमा कारबाही हुने व्यवस्था छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

