राष्ट्रपतिको निर्वाचनअघि नै नेकपा ब्युँताउने तयारी, वामदेवको सक्रियता बढ्यो
काठमाडौं । राष्ट्रपतिको निर्वाचनअघि नै वाम गठबन्धन बनाउनेगरि नेताहरुले गृहकार्य थालेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसको लागि कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । पुष १० गते एमाले, माओवादीसहितको गठबन्धन बनेको र उक्त गठबन्धनमा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए ।
२६ पुषमा प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिँदा भने कांग्रेससहितका दलको मत पाएपछि भने पुष १० गतेको गठबन्धनमा समस्या आएको थियो । त्यसको असर फागुन १३ गते भएको राष्ट्रपतिको निर्वाचनको उम्मेदवारी दर्ता गर्दा देखियो ।
माओवादी केन्द्रले कांग्रेसका वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेम्वाङको जित सुनिश्चित् रहेको दाबी गरेका छन् । ओलीले हिजोबाट राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । हिजोमात्रै उनले पूर्व एमाले नेता वामदेव गौतमसँग यसबारेमा छलफल गरेका हुन् । सो भेटमा ओलीले नेम्वाङको पक्षमा मत मागेका थिए । र, एमालेमा फर्कन गौतमलाई आग्रह गरेका थिए ।
नेम्वाङले आजमात्रै नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर भोट मागेका थिए । आजै उनले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटको लागि तयारी गरेका छन् । यो बीचमा एमाले नेतृत्वले राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने प्रस्ताव गरेको थियो । तर, नेपालले अन्तिम समयमा आएर ओलीको उक्त प्रस्ताव अस्विकार गरेका थिए ।
उनी कांग्रेस, माओवादी केन्द्रसहित बनेको नयाँ गठबन्धनमा सामेल भएका छन् । आठ दलीय गठबन्धनले नेपाललाई संसद्को पाँच वर्षको कार्यकालभित्र एक वर्ष सरकारको नेतृत्व गर्न दिने सहमति गरेको छ । ओली र गौतमको भेटलगत्तै नेकपा व्युँताउनेबारे पनि छलफल चलेको स्रोतको दाबी छ । नेकपा व्युँताउने सवालमा माधव नेपालपनि सकारात्मक रहेको बुझिएको छ । यसको लागि एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का दोस्रो तहका नेताहरु सक्रिय छन् ।
प्रधानमन्त्रीमा प्रचण्डलाई पाँचै वर्ष दिने र नेकपा व्युँतिए पार्टीको नेतृत्वमा ओली रहनेगरि नेताहरुले समझदारी गर्न खोजेको चर्चा छ । यसको लागि फागुन २५ गते अघिसम्म नेताहरुले प्रयास गर्ने बुझिएको छ । माओवादी केन्द्रमा पनि एमालेसँगको गठबन्धन टुटाउन नहुने जनमत बलियो बन्दै गएको चर्चा छ । यसको लागि वर्षमान पुनलगायत नेताहरु सक्रिय छन् । अहिले नेकपा व्युँताउनको लागि सबैभन्दा बढि सक्रिय वामदेव गौतम बनेका छन् । उनले तीनै दलका शीर्ष नेताहरुसँग छलफल अघि बढाएका छन् ।
सम्बन्धित समाचार
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

