ऋषी धमलासँग नाम जोडिएकी शर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास
जानकारी केन्द्र
२०७९, फाल्गुन, १८
काठमाडौँ । पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ । अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन् । वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन् ।
यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन् । त्यतिबेला पनि यही विषयमा गायक राजेश पायल राईसँग उनले लफडा गरेकी थिइन् ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

