भीम रावल माधव नेपालको पार्टीमा प्रवेश गर्ने च्याप्टर क्लोज, आजबाट एमालेमै सक्रिय
जानकारी केन्द्र
२०७९, फाल्गुन, १९
काठमाडौं । पछिल्लो समय नेकपा (एमाले) छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने चर्चामा रहेका डा। भीमबहादुर रावल एमालेमै सक्रिय हुन थालेका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसेपछि निश्क्रिय बसेका रावल आजबाट एमालेमा सक्रिय भएका हुन् ।
यो बीचमा माधव नेपालले भीम रावल आफ्नो दलमा आवद्ध हुन लागेको बताएका थिए । घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेपछि रावलपनि एकीकृत समाजवादीमै प्रवेश गर्ने हल्ला थियो ।
तर, रावल आज (शुक्रबार) गृहजिल्ला अछाममा एमालेको कार्यक्रममा सहभागी भएका छन् । एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


