सुदूरपश्चिमका माओवादी सांसदलाई प्रचण्ड भने- ‘मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनू’
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिनु भनेका छन् ।
सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएका हुन् । सरकारसँगै केन्द्रमा बनेको नयाँ गठबन्धन अनुसार काम गर्न पनि प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
शाहले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् । माओवादीले मत दिएमा शाहले विश्वासको मत पाउँछन् । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ जना र राप्रपाका १ सांसद छन् ।
प्रदेश सभामा एमालेका १० सांसद छन् । बहुमतका लागि २७ सांसदले विश्वासको मत दिनुपर्छ । माओवादीले मत दिने भएसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने पक्का भएको छ ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि माघ २६ गते उनको सरकार ढलेको थियो । सोही दिन प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


