भूतप्रेत बाटोमा निस्केका छन् तर, डराउनुपर्ने अवस्था छैन : प्रधानमन्त्री
जानकारी केन्द्र
२०७९, फाल्गुन, २१
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका उपलब्धि मास्नेगरी केही भूतप्रेत बाटोमा निस्कन थालेको बताएका छन् । राजसंस्था पुनस्थापना र हिन्दूराज्यको माग गर्दै सडक प्रदर्शन भएको प्रति लक्षित गर्दै उनले जनयुद्धले स्थापित गरेको गणतन्त्रलाई कसैले हल्लाउन नसक्नेसमेत बताए ।
राजधानीमा आयोजित ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्ध र जनआन्दोलनको मुख्य उपलब्धि भनेको ‘राजामा निहीत सार्वभौमसत्ता भन्ने ठाउँमा जनतामा निहीत’ भनेर संविधान जारी भएको बताए ।
उनले जनताको पक्षमा संविधान जारी भएपछि माओवादीप्रति अझै बढी आक्रमण र घेराबन्दी भएको समेत बताए।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


